+

अफगानिस्तानमा ११० विकास परियोजना शुरु

काठमाडौँ । अफगानिस्तानमा १ सय १० वटा विकास परियोजना शुरु गरिएको छ ।  

अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म १ सय १० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना शुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताउनुभएको छ । 

हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचार अनुसार गएको १० महिनामा २ अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैयाँ) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन् । हकशेनासका अनुसार शुरु गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब १ हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा, जलाशययुक्त बाँध र सुरक्षात्मक पर्खाल निर्माण भएका छन् । 

काबुल–कान्दाहार राजमार्ग, अफगान रिङ रोड निर्माण र अफगानिस्तानको राष्ट्रिय राजधानी काबुललाई नौ वटा उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङको पुनर्निर्माण सार्वजनिक कार्यका लागि मन्त्रालयको उपलब्धिमध्ये एक हो ।

उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले प्रशासनले आर्थिक चुनौती पार गर्न र रोजगारीका अवसर सिर्जना गर्ने प्रयासमा रेलवे, राजमार्ग, ऊर्जा विकास र खानी र पारदर्शी निकासीजस्ता पूर्वाधार परियोजना शुरु गर्ने बताउनुभएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट