
काठमाडौं । पपुवा न्यू गिनी (पीएनजी)मा भडकिएको दंगामा १५ जनाको मृत्यु भएको छ । १४–दिने संकटकाल घोषणा गरिएसँगै व्यापक दंगा र लुटपाट भएको हो ।
पोर्ट मोरेस्बीको जनरल अस्पतालले राजधानीमा ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । पपुवा न्यू गिनीको दोस्रो सहर ‘ला’ मा ७ जना मारिएका छन् ।
बिहीबार अवस्था नियन्त्रणमा लिन १००० जना भन्दा बढि सैनिक परिचालन गरिएको प्रधानमन्त्री जेम्स मरापेले बताएका छन् । उनले अराजकता स्वीकार्य नहुने पनि बताए।
बुधबार पुलिसको अनुपस्थितिमा सहरको बाहिरी भागमा बस्ने मानिसले पसल लुटपाट गर्नुका साथै आगजनी गरेका छन् ।
गत महिना परिश्रमिक ५० प्रतिशतले कटौती भएपछि प्रहरी र सरकारी कर्मचारीले बुधबार संसदअगाडि विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री मरापेले प्राविधिक त्रुटिका कारण सो समस्या भएको र आगामी महिना त्यसलाई सच्चाउने बताएका छन्।
अष्ट्रेलियन महादेशमा भए पनि यो मुलुकमा महंगी, बेरोजगारी र गरिबी चुलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा