
काठमाडौँ । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ ।
वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो । सोमबार यहाँ आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै पुस्तक पढेर युरोपेलीमात्र नभइ अन्य देशका अङ्ग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न सकिन्न भन्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिनुभयो ।
यहाँस्थित रोमानियका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताउनुभयो ।
नयाँदिल्लीमा रहेर नेपाल र श्रीलङ्काको सहप्रमाणिकरणको समेत जिम्मेवारीमा रहनुभएकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तरराष्ट्रिय रेडक्रसमा आबद्ध भएका बेला नेपालमा सेवा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी