
काठमाडौँ । रुकुममा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पु¥याएर फाइवर टू द होम (एफटिटीएच) नेटवर्क शुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एफटिटीएचको भर्चुअलमार्फत शुभारम्भ गर्नुभएको छ । मन्त्री शर्माले बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा रुकुमपूर्व र रुकुमपश्चिममा एफटिटीएचको भर्चुअलमार्फत शुभारम्भ गर्नुभएको हो । मन्त्री शर्माले सरकारका प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटिटीएच जोड्न पाउँदा खुशी लागेको बताउनुभयो ।
अब हुम्ला र डोल्पामा पनि सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पु¥याउनुपर्छ’ उहाँले भन्नुभयो । सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको उहाँको भनाई छ ।
सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताउनुभयो । मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्यासकेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा