
काठमाडौँ। भुटानको लिबरल पिपुल्स डेमोक्रयाटिक पार्टी (पीडीपी)लाई सरकार बनाउने जनमत प्राप्त भएको छ ।
सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री समाल्ने अवसर पाएको पीडीपीले मङ्गलबार सम्पन्न भएको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका छन्।
पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो । भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ ।
उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए । भुटानको प्रमुख व्यापारिक साझेदार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका पूर्वप्रधानमन्त्री तोब्गेलाई निर्वाचनमा प्राप्त भारी समर्थनपछि भन्नुभएको छ, ‘मेरा मित्र तोब्गेलाई हार्दिक बधाई छ ।’
जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गर्नुभएको छ । टोब्गेले बुधबार एक्समा एक सन्देशमा लेख्नुभएको छ– म पनि हाम्रा राष्ट्रहरूबीच रहेको मित्रता र सहयोगको अद्वितीय बन्धनलाई बलियो बनाउन तपाईंसँग फेरि नजिकबाट काम गर्न उत्सुक छु ।’
पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गर्नुभएका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी हुनुहुन्छ । वर्तमान् राजाको शासनकाल शुरु भए लगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसदमा टोब्गे विपक्षी दलका नेता पनि हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी