
झापा । झापामा स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गरिएको छ ।
नेपाली पत्रकारिताकै इतिहासमा पहिलो पटक पत्रकार महासङ्घकै कोषबाट एकाघर परिवारका सदस्यलाई एक लाख रुपैयाँ प्रदान गरेको हो । पत्रकार सहारा उपचार कोषमार्फत आफ्ना सदस्यको निधन भएमा बढीमा एक लाख रुपैयाँसम्म परिवारका सदस्यलाई राहतस्वरुप प्रदान गर्ने कार्यविधिअनुरुप यो रकम हस्तान्तरण गरिएको महासङ्घका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।
त्यो रकम स्वर्गीइ पत्रकार पाठककी श्रीमती सीता पाठक र बुहारी हिमा पाठकले ग्रहण गर्नुभयो । महासङ्घ झापा शाखाको कार्यकक्षमा आज आयोजित सङ्क्षिप्त कार्यक्रममा शाखाका पूर्वअध्यक्ष भीम नेम्वाङ र केशव आचार्यले आफ्ना सदस्यप्रतिको यो उत्तरदायित्वको प्रशंसा गर्नुभयो ।
महासङ्घ जिल्ला शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड ११ लाख रुपैयाँ रहेको छ । कोषको ब्याजमार्फत घाइते वा बिरामी पत्रकारलाई र सुत्केरी पत्रकार महिलालाई समेत उपचार खर्च प्रदान हुँदै आएको छ ।
त्यही कोषमार्फत ज्येष्ठ पत्रकारलाई वार्षिक रुपमा औषधोपचार खर्च पनि पत्रकार महासङ्घ जिल्ला शाखाले प्रदान गर्दै आएको महासङ्घका सचिव डिकेश लामाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री