
दाङ । गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् ।
पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न शुरु गर्नुभयो ।
शुरुमा आफैँले कपाल काटिदिने गरेसँगै उहाँले विस्तारै विद्यार्थीलाई कपाल काट्न सिकाउनुभयो । अहिले विद्यार्थीहरुले एक अर्काको कपाल काटिदिने गरेका प्रअ केसीले बताउनुभयो । ‘शुरुमा शिक्षकहरुले विद्यार्थीको कपाल काटिदियौँ’ उहाँले भन्नुभयो– ‘पछि विद्यार्थीलाई सिकायौँ, अहिले उनीहरुले एक अर्काको कपाल काटिदिने गर्छन् ।’
प्रअ केसीका अनुसार दैनिक सातदेखि १० जनाको यसरी विद्यालयमा कपाल काट्ने गरिएको छ । यसले विद्यार्थीमा सरसफाइको बानी विकास हुनाका साथै सीप विकास पनि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको कपाल काट्न मेसिनको व्यवस्था गरिएको भन्दै सोही मेसिनद्वारा कपाल काट्दा प्रविधमिा समेत केही ज्ञान हासिल हुने विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो ।
‘गाउँमा कपाल काटिदिने जनशक्तिको हभाव छ, न्यून आय भएका विद्यार्थी यस विद्यालयमा अध्ययन गर्ने भएकाले बजार गएर कपाल काट्न पनि सक्दैनन्’ प्रअ केसीले भन्नुभयो– ‘त्यसैले हामीले विद्यालयमा कपाल काटिदिने गरेका छौँ ।’ लामो कपाल हुँदा विद्यार्थीलाई असहज हुने र सरसफाइ पनि नहुने भएकाले यस्तो कार्यको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय प्रशासन रहेको प्रअ केसीले जानकारी दिनुभयो । विद्यालयले किताबी ज्ञान मात्रै नभइ आधारभूत सीप पनि सिकाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता अनुसार कपाल काट्ने सीप सिकाइएको उहाँले बताउनुभयो । यस्ता सीपले विद्यार्थीको जीवन निर्वाहमा सहज बनाउने उहाँको बुझाइ छ ।
‘हामीले विद्यार्थीलाई किताबी ज्ञान मात्रै होइन्, आधारभूत सीप पनि दिनुपर्छ’ प्रअ केसीले भन्नुभयो– यस्ता सीपले विद्यार्थीलाई जीवन निर्वाहमा पनि सहज बनाउने गर्छ ।’ आवश्यकता अनुसार अन्य सीप पनि सिकाउने योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।
यो सीप सिकेर प्रयोग गर्न थालेपछि विद्यार्थी र अभिभावक पनि खुसी छन् । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अहिले कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री