धनकुटा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज धनकुटाबजारमा आयोजित ‘बधाई तथा भेटघाट’ कार्यक्रममा उहाँले हिजो अलपत्र परेका ठूला जलविद्युत् आयोजनालाई सरकारले अगाडि बढाएको हो भन्नुभयो ।
‘ऊर्जा क्षेत्रबाट मात्र मुलुकको विकास सम्भव छ, सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरेर २० हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने लक्ष्य लिएको छ’ उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न वर्गलाई आर्थिक हिसाबले समृद्ध बढाउनका लागि वर्तमान सरकारले काम गर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहमा आउने बजेट कार्यान्वयन भए नभएकोबारे जनता चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खड्काले नेपाली कांग्रेसले जनतालाई अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जनताको आवश्यकताका लागि दुई ठूला दल मिलेर सरकार बनेकाले यो सरकारलाई विकास निर्माणमा पछाडि फर्कने छुट नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोलले धनकुटाको विकासमा सहयोग गर्न मन्त्री खड्कालाई आग्रह गर्नुभयो । उहाँले धनकुटामा ऊर्जा र सिँचाइका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यता रहेकाले यसलाई पूरा गर्नका लागि केन्द्र सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते