
काठमाडौँँ । तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रुपमा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्दछन् । श्री गणेश युवा समिति काठमाडौँले बत्तीसपुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजाआराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताउनुभयो ।
महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिनुभयो ।
कुनै पनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीनदिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्नबाधा उत्पन्न नहोस् भनेर हिन्दू धर्मसंस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।
हिन्दू वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताउनुभयो । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै