
तुलसीपुर। लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनुभएको छ । रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान हुनुभएको हो । यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो ।
अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभयो । उहाँलाई आज नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।
श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते अदालते एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले जाहेरी दिनुभएको थियो । सोही मुद्दामा दोषी ठहर भएका केसी कैद भुक्तान नगरी बस्नुभएको थियो ।
विसं २०७५ साल वैशाख ३१ गते रुकुम पश्चिम जिल्ला अदालतले केसीविरुद्ध पूर्व फैसलाअनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतका नाममा त्यसबारे पत्राचार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन