
काठमाडौँ । सहकारी छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले सहकारी मन्त्री बलराम अधिकारीलाई सो निर्देशन दिएको हो ।
बैठकमा मन्त्री अधिकारीलाई आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न समेत निर्देशन दिइएको छ ।
बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा समितिका सभापति सूर्य थापाले लेख्नुभएको छ ‘बैठकमा बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न मन्त्री बलराम अधिकारीलाई निर्देशन दिँदै मन्त्रालयलाई सकारात्मक पहलकदमी लिँदै पीडितहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण गरिएको छ।’
त्यस्तै संसदीय छानबिन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमानदार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरिएको छ।
आजको बैठकमा सो मन्त्रालय र सम्बद्ध निकायहरूसँग प्रतिवेदनमा समेट्ने विषयवस्तु केन्द्रित परामर्श बैठक र छलफल भएको सभापति थापाले बताएका छन् ।
बैठकमा मन्त्री बलराम अधिकारी, सचिव अर्जुन पोखरेल, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
सहकारी मन्त्री बलराम अधिकारीले केहीदिन पािलह ‘सहकारी पीडित भन्दै आन्दोलन गर्नेहरु बिचौलिया हुन्’ भन्दै गैरजिम्बेवार अभिव्यक्ति दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन