+

गैंडाको आक्रमणबाट बर्दिया निकुञ्जका पथ प्रदर्शकको मृत्यु, २ जना घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना निकुञ्जका पथ प्रदर्शकको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । 

सूचना अधिकारी वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान गैंडाले आक्रमण गरेको हो । 

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै