
बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा आवतजावत गर्न नयाँ ट्र्याक खोलिएको छ । वर्षोदेखि बाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि शहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाले करिब एक किलोमिटरको नयाँ ट्र्याक खोलेको हो ।
जितपुर–फेदी मोटर बाटोका लागि ट्र्याक खोलिएको कार्यालय प्रमुख ई भूमिनन्द ढकालले जानकारी दिनुभयो । नयाँ ट्र्याक खालिएसँगै सो क्षेत्रका बासिन्दालाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । ‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ’ बकैया गाउँपालिका–१२ का नीरज घलानले भन्नुभयो– ‘अब बाटोका लागि ट्र्याक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।’ उहाँले नयाँ ट्र्याक खोलिएको बाटोलाई आगामी दिनमा बाटो स्तोन्नति गर्न माग गर्नुभयो । यस्तै त्यो कार्यालयले आव २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडकमा कालोपत्र गरेको छ ।
कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलो किमी र चितवनका २२ किमी कालोपत्र गरिएको छ । ती दुवै जिल्लाका २५ सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ई ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चार कल्र्भटको निर्माण सम्पन्न भइसकेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ म चितवनको माडी र रत्ननगर दुई उद्यानसमेत निर्माण गरिएको प्रमुख ढकालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै