+

बालेनको निर्णयविरुद्ध एमाले नेताहरुको मोर्चाबन्दी, भेटे देउवा र प्रचण्डलाई

काठमाडौँ । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटघाट गरेका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौँ जिल्लाका नेताहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्णयविरुद्ध घेराबन्दी गर्न  पूर्वप्रधानमन्त्रीहरु देउवा र दाहाललाई भेटेका हुन् ।

काठमाडौँ उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौँका मेयर बालेन शाहले जारी गरेको सूचनाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवासँग कुराकानी गरिएको नेता डा.भट्टराईले जनाकारी दिनुभएको छ । भेटमा सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने अध्यक्ष दाहालले बचन दिएको डा भट्टराईले बताउनुभयो । 

काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर जमिनमा कुनै पनि संरचना बनाउन नपाउने गरी सर्बोच्च अदालतले दिएको आदेश र त्यसको कार्यान्वयन गर्न काठमाडौँ महानगरका मेयर शाहले गरेको निर्णय विरुद्ध एमाले नेताहरुले अभियान संचालन गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै