
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा डुबेको रकम उठाउन आन्दोलनरत सहकारी पीडितहरु ‘बैंकबाट सस्तो ब्याजमा ऋण लिएर सहकारीमा महँगो ब्याजमा लगाई नाफा खान पल्केकाहरू’ भन्दै चरम गैरजिम्बेवार अभिव्यक्ति दिनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले बैंकको पैसा सहकारीमा लगाएर नाफा खाइरहेकाहरू पीडितको नाममा आन्दोलित बनेको भन्दै चरम विवादित अभिव्यक्ति दिनुभएको हो ।
‘सहकारीमा एउटै प्रवृत्तिका मान्छे छैनन् । एउटा समूहले भोलि अप्ठ्यारो पर्दा काम लाग्ने गरी दैनिक कमाइको पैसा बचत गरेका छन् । उहाँहरू वास्तवमा पीडित हुनुहुन्छ । अर्को समूह आफूसँग धेरै भएको पैसा बचतमा राख्ने किसिमका छन्,’ उहाँले भन्नुभयो, ‘तर, अहिले आन्दोलनमा उत्रिनेहरू भनेको बैंकबाट कम ब्याजदरमा पैसा लिने र सहकारीमा लगेर राख्ने खालका हुन् । उनीहरू बैंकको ऋण र सहकारीको बचतको बिचमा बसेर नाफा खाइरहन्छन् । आन्दोलन त्यस्ता व्यक्तिले गरिरहनुभएको छ । अगुवाइ गर्न पाइने र पीडितबाट फाइदा लिने प्रवृत्ति देखिएको छ ’ मन्त्री अधिकारीले भन्नुभयो ।
सहकारीबाट बिचल्लीमा परेका पीडितहरू १०५ दिनदेखि अन्दोलनमा छन् । राजधानीको शान्ति बाटिकामा नियमित अनशनसहित धर्ना दिँदै आएका छन् । तर, उनीहरूको माग सम्बोधन गर्नुको सट्टा विभागीय मन्त्रीले नै अशोभनीय आरोप लगाउनुभएको हो । यसअघि सरकार र पीडितबिच पटक–पटक वार्ता र सम्झौता भए पनि माग भने पूरा भएका छैनन् । ‘हामीले शान्ति बाटिकामा अनशनसहित धर्ना गरेको आज १०५ दिन पुगेको छ । तर, हाम्रो माग सरकारले सम्बोधन गरेको छैन । यसबिचमा पटक–पटक वार्ता भए । सम्झौता पनि गरिए । तर, सम्झौता कार्यान्वयन भएनन्,’ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलभ केसीले भन्नुभयो ।
लाखौं सर्बसाधारणको अबौँ रकम सहकारीले हिनामिना गरिरको कुरा बिर्षिएर विभागित मन्त्रीले दिएको यो चरम गैरजिम्बेवार अभिव्यक्तिले पीडितहरु थप पीडित बनेको अध्यक्ष केलीको टिप्पणी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन