
मकवानपुर। बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानिमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।
आइतबार दिउँसो बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै घर–पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव आज भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै