
चितवन । यहाँको मैयाँदेवी कन्या कलेजले तीजको अवसरमा दुई सय छात्रालाई सम्मान गरेको छ ।
आइतबार मैयाँदेवी छात्रा सम्मान २०८१ कार्यक्रमको आयोजना गरी यहाँबाट स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमानै रोजगारीमा रहेका एवं स्वरोजगार भएका छात्रालाई सम्मान गरिएको हो ।
छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गर्नुभएको हो । त्यस अवसरमा प्रमुख दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकलको व्यवस्थापन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी अन्य सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रालाई सेनिटेरी प्याड र साइकल बितरण गरेका छौ । सो कार्यक्रममा यस कलेजका छात्रलाई पनि समेट्ने गरी काम गछौँ ।’ कलेजले गरेको सम्मानले आम दिदीबहिनीलाई शैक्षिक यात्रामा सहयोग पुगेको उहाँको भनाइ छ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कलेजमा प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्णप्रसाद न्यौपाने लगायतले तीजको अवसर पारि कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताउनुभयो ।
कलेजका अध्यक्ष टङ्कनाथ पौडेलले कलेज स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र विभिन्न सङ्घ संस्थाको नेतृत्वदायी भूमिकामा रहेकाको सम्मान गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै