
भक्तपुर । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा ३ स्रष्टालाई यस वर्षको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ ।
प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई त्यो सम्मान प्रदान गरेको जनाएको छ । स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताउनुभयो ।
पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको छ ।
कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष विभिन्न श्रष्टा र साहित्यकारलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकमा थप उत्साह पुग्ने बताउनुभयो ।
जनमत भक्तपुर विशेषाङ्क विमोचन
कार्यक्रममा भक्तपुरका साहित्यकार र उनीहरुको सृजनालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेषाङ्क सार्वजनिक गरिएको थियो ।
साहित्यकार प्रा।डा। हेमनाथ पौडेल, प्रतिष्ठानका अध्यक्षन एवं जनमत भक्तपुर विशेषाङ्कका अध्धयक्ष राममणि ढुङ्गेल, कथाकार धनमान श्रेष्ठ, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाल लगायतले जनमत भक्तपुर विशेषाङ्क सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा स्रष्टाले जनमत साहित्यिक पत्रिकाले देशभरका साहित्य एवं रचनालाई सङ्कलन गर्दै पाठकसम्म पुर्याउने भूमिका निर्वाह गर्दै आएको चर्चा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी