
काठमाडौँ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको आफ्नै जग्गामा बनेको भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
विसं २०६० असोज ८ गते स्थापना भएको पुस्तकालय अहिले पनि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । पुस्तकालयले परिषद्को दुईवटा भवन भाडामा लिएर पाठकलाई सेवा दिइरहेको छ । दुवै भवन तोकिएको २५ प्रतिशतमात्र शुल्क तिर्नेगरी सम्झौता गरेर सञ्चालन भइरहेको छ ।
परिषद्ले हालै पुस्तकालयलाई पत्र लेखी दुई भवनको गरी वार्षिक ६ लाख रुपैयाँ लिनुपर्ने भनी पत्राचार गरेको छ । अहिलेसम्मको यो रकम २ करोड रुपैयाँ हुने भन्दै परिषद्ले पुस्तकालयलाई पत्राचार गरिसकेको छ ।
सम्झौता भएअनुसार पुस्तकालयले हाल मासिक रूपमा १ लाख ५० हजार भाडा परिषद्लाई तिरिरहेको महासचिव मुरारीविनोद पोखरेलले जानकारी दिनुभयो । पुस्तकालयमा लोक सेवा आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थी एकान्त खोज्दै आएर अध्ययन गर्ने गरेका छन् । पुस्तकालयमा विभिन्न विषयगत विधाका गरी ६० हजार पुस्तक छन् । ब्रिटिस काउन्सिलले पुस्तकालयका लागि १० हजार पुस्तक प्रदान गरेको थियो ।
पुस्तकालयका लागि काठमाडौँ महानगरपालिकाले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । पुस्तकालयमा ९ जना कर्मचारी र दुईजना स्वयंसेवीले काम गरिरहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७९ र ८० सम्म वार्षिक ५० लाख रुपैयाँ दिने गरेको थियो । आव २०८०र८१ देखि भने ५ लाख रुपैयाँ दिने भनी बजेट व्यवस्थापन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै