
पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई २ लाख २२ हजार २ सय २२ रुपयैयाँ ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गर्नुभयो ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रमुख शक्तिपीठहरूमध्येमा पर्दछ । समितिले मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ । समितिले बहुउद्देश्यीय सत्सङ्ग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यावासिनी बौद्धिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर निर्माण गरेको छ ।
विन्ध्यवासिनी गुरुकूल विद्याश्रम निःशुल्क आवासीयरूपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रूपमा दिवा सेवासमेत सञ्चालनमा छ । प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिक मन्दिर दर्शनका लागि विद्युतीय भर्याङ राखेर समाज सेवा गरेका कारण समितिलाई पुरस्कृत गरिएको गुठीका सदस्यसचिव नवराज कोइरालाले बताउनुभयो ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री