
काठमाडौँ । यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित त्यो पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ । पत्रकार गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते पुरस्कार प्रदान गरिने सेन्टरका अध्यक्ष प्रदीपा गौतमले जानकारी दिनुभयो ।
दृष्टि’ साप्ताहिकका सम्पादक श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्य मान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । तत्कालीन पञ्चायती निरङ्कुश सत्ताबाट ‘नेपाल पोष्ट’ साप्ताहिकको प्रकाशनमा रोक लगाउँदा उहाँले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ साप्ताहिक ‘नेपाल पोष्ट’ का सम्पादक । प्रकाशकलाई सहयोगस्वरूप प्रकाशन गर्न प्रदान गर्नुभएको थियो । गाईजात्रा अङ्कमा आपत्ति जनाई ‘मायालु’ को पनि प्रकाशनमा रोक लगाइएको इतिहास छ ।
संस्थाले कलाकार गेहेन्द्रमान अमात्य तथा पत्रकार एवं प्राध्यापक रघु घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गर्ने छ । उहाँहरुलाई जनही ५० हजार रुपैयाँ दिइने छ ।
अमात्य सरकारी सेवा सूचना विभागमा सेवारत हुनाका साथै निजी तवरमा छापिने पत्रपत्रिकालाई तस्बिरका ‘जिंक ब्लक’ बनाएर उपलब्ध गराउनुहुन्थ्यो । यस्तै घिमिरेले सहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्त्वपूर्ण घटनाको समाचार पत्रपत्रिकालाई उपलब्ध गराएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी