+

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ पुनःनिर्माण

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको ३ सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह)  पाटीको पुनःनिर्माण गरिएको छ । 

आज आयोजित एक समारोहका बीच काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा उहाँले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो’ संयोजक सङ्गतले भन्नुभयो– ‘वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ ।  ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चा समेत पुनः निर्माण गरिएको हो ।’ उहाँले ध्वाखा छें (नरसिंह)  पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताउनुभयो ।  

हाल वडा नम्बर ८ मा ग्वलः दे फल्चा पुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट