
स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ । विश्व हिन्दू युवा सङ्घले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो ।
विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दू युवासङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।
‘धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्वका बारेमा सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ’ उहाँले भन्नुभयो– ‘विशेषगरी युवापुस्तालाई धर्म संस्कार, संस्कृति तथा इतिहासका बारेमा जानकारी गराउनसके संस्कार संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्नेछ ।’
पुस्तकालयमा धर्म, संस्कार, संस्कृति, इतिहास, साहित्य तथा अङ्ग्रेजी माध्यमका विभिन्न सात सय पुस्तक राखिएका छन् । पुस्तकालयमा पुग्नुभएका जुनसुकै पाठकले पनि आफूलाई अनुकूल हुने खालका पुस्तक पढ्न पाउने हुनुभएको हो ।
गाउँपालिकाले विश्व हिन्दू युवासङ्घसँगको सहकार्यमा गाउँपालिका कार्यालयमा पुस्तकालय स्थापनागरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गाउँपालिकाले गरेको छ । ‘पुस्तकालयमा सबै प्रकारका पाठकहरुको रुचिका पुस्तक राखेका छौँ’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा थप महत्वपूर्ण र बहुउपयोगी हुने पुस्तक थप गर्दै जानेछौँ ।’
गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले फुर्सदको समयमा आफूलाई रुचि भएका पुस्तक पढ्न पाउने र पढ्ने बानीको विकास गर्नका लागि पनि कार्यालय परिसरभित्रै पुस्तकालय स्थापना गरिएको उहाँले बताउनुभयो । कार्यालय खुलेका दिनमा कार्यालय अवधिभर पुस्तकालय खुला हुनेछ ।
पछिल्लो समय संस्कार, संस्कृति तथा नैतिक शिक्षाको खडेरी पर्दै जाँदा यसको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पढाउन थालेको पालिकाले नागरिकलाई सुसूचित बनाउनका लागि पनि पुस्तकालयले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी