
ललितपुर । ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बङ्गलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो ।
ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार बज्राचार्यको तीन तले घरमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौँका ६ दमकल प्रयोग गरिएको थियो । “क्षतिको एकीन विवरण आइसकेको छैन”, उहाँले भन्नुभयो ।
ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ग्यास लिक भएर आगलागी भएको जानकारी दिनुभयो । सो क्षेत्रमा आज मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास चुहिएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै