
काठमाडौँ । गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ ।
“हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो । यसमा हाम्रा नानीबाबुहरू प्रश्न गर्छन् कि तमाखु, चुरोट, खैनी किन सेवन गर्ने रु यी सबै स्वास्थ्यका लागि हानिकारक छन् । उनीहरू भन्छन्, हामी नानीबाबुहरू अम्मली छैनौँ, हामी स्वस्थ नेपालका स्वस्थ बालबालिका हौँ । नानीबाबुहरूका सत्य भनाइ हाम्रा लागि अचुक वाण हुन्”, भिडियोमा भनिएको छ ।
बाल नमूना माध्यमिक विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, वरिष्ठ सङ्गीतकार एवं गायक रामेश श्रेष्ठ र अनन्त वाग्लेलगायत बालसाहित्यकारको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेसा विश्वकर्मा र प्रशन्न तामाङको स्वर रहेको छभने यसको निर्माणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ । भिडियोमा बाल नमूना माध्यमिक विद्यालयका नानी बाबुहरूको नृत्य र अभिनय छ । आचार्य गोपालको निर्देशनमा बनेको भिडियोमा ख्यातिप्राप्त कलाकार रामचन्द्र अधिकारीले पनि अभिनय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी