+

श्रेष्ठ र रानालाई कञ्चन पत्रकारिता पुरस्कार

कास्की ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की)  र कमला रानामगर (नवलपुर) लाई प्रदान गरेको छ । 

फोनिजको रजतजयन्तीका अवसरमा आज पत्रकारद्वय श्रेष्ठ र रानामगरलाई पुरस्कृत गरेको हो । उहाँहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले  जनही २५ हजार रुपैयाँसहित फेटा, दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्नुभयो । 

गण्डकी प्रदेश प्रमुख भट्टले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसर दिनुपर्ने धारणा राख्नुभएको थियो ।  उहाँले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउनुभयो ।

तत्कालीन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याउन हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई फोनिज रजत वर्ष सम्मान २०८१ अर्पण गरिएको थियो । 

फोनिज गण्डकीले रजत वर्ष मनाउने क्रममा साउन १९ गते सरसफाइ, साउन २४ गते पत्रकारबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता आयोजना गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै