
काठमाडौँ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि ४ सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका सहमतिमा हस्ताक्षर गरिएको हो ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरको उपस्थितिमा दुई देशका उर्जा सचिवबीच उर्जा व्यापार सम्झौता भएको हो । सहमति अनुसार नेपालले १० वर्षमा भारतलाई १० हजार मेगावटसम्म विद्युत आयात गर्नेछ । सहमतिमा नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने उल्लेख छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीर न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले त्यो स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।
अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनमा सहमति गर्नुभएको छ । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँ सम्म सिधै लगानी गर्नसक्ने छ । सहमतिमा भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख गरिएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका ३ प्रसारण लाइनको उदघाटन गरेका छन् ।
आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गरिएको छ । नेपाल– भारत सम्बन्धलाई आगामी दिनमा कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभएको छ । बैठकमा कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना