प्लाष्टिक प्रदूषण मुद्दा जोडदार रूपमा उठाउन माग
2081-08-14 अगाडि
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा भेटवार्ता भएको छ । उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदबीच क्वालालम्पुरस्थित संसद् भवनमा भेटवार्ता भएको हो ।