सुनसरी । धरान उपमहानगरपालिका–८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहनुभएको छ । उहाँले सिलौटा बनाउने पुर्खौली पेशा भएकाले यसलाई निरन्तरता दिएको बताउनुभयो ।
ढुङ्गाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन् । शर्माले ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ । उहाँले भन्नुभयो– ‘विदेशमा गएर दुःख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ ।’ स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उहाँको बुझाइ छ ।
सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते लेटाङ लगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताउनुभयो । व्यापारबाट मासिक ३५ देखि ४० हजार रुपैयँँसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
‘व्यापार गर्न एउटै स्थान बनाएको छैन । एक ठाउँमा तीन÷चारदिन व्यापार गर्छु । तीन/चारदिनपछि ठाउँ परिवर्तन गर्छु’ शर्माले भन्नुभयो– ‘पूर्खाले गर्दै आएको पेशा भएकाले यसको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु ।’
निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताउनुभयो । माग अनुसार कतिपय सामान बनाउने गरेको उहाँको भनाइ छ । ‘एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ । एउटा सयदेखि ८ सय रुपैयाँ मा दैनिक १० वटासम्म बिक्री भइरहेको छ’ उहाँले भन्नुभयो ।
पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय सङ्कटमा पर्दै गएको शर्माको भनाइ छ । ‘अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय सङ्कटमा पर्छकी भन्ने डर छ’ उहाँले भन्नुभयो– ‘पुर्खौली पेशा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु ।’
ढुङ्गाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताउनुभयो । ‘परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुङ्गाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले यस्तो पेशा गर्नेलाई सहयोग गर्नुपर्छ । प्रत्येक घरमा ढुङ्गाको सिलौटो छन् । आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर