+

सुनको मूल्य तोलामा २ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा २ सयले वृद्धि भई १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । आइतबार छापवाला सुन तोलामा १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी तोलामा १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै