लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सरकारको पाचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उहाँ विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गर्नुभयो ।
मुख्यमन्त्रीमा नियक्त भएपछि आज शपथग्रहण गर्नुभएका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ ९१० बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति(गाउँपालिका(५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट विसं २०२० कात्तिक १ गते जन्मनुभएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो ।
यस्तै उहाँले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा हुनुहुन्छ ।
विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा (माओवादी) को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाउनुभएको थियो । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो ।
विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गर्नुभएका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गर्नुभएको थियो ।
नेकपा ९माओवादी केन्द्र० स्थायी समिति सदस्य रहनुभएका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर