काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले ४ जना भारतीय लाई पक्राउ गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चार जना पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।
उहाँले भन्नुभयो– ‘सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको हो भने सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको हो । उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
- राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
- नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
- ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
- छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
- बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
- कर्णालीका ३ संसदीय समिति नेतृत्वविहीन
- डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, किसान प्रभावित