+

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै, रोकिएला त बिआरआई ?

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु   यसै साता नेपाल आउनु हुने भएको छ । 

अमेरिकाका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लुले नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । नेपालमा पछिल्लो समय मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन र चीनको महत्वकाँक्षी परियोजना वेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अगाडि बढाउन सम्झौता हुने क्रममा छ । 

प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीन भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको यस पटकको चीन भ्रमणमा बिआरआई कुनै न कुनै रुपमा अगाडि बढाउन  सम्झौता हुने निश्चत छ । आर्थिक रुपमा विश्वको शक्तिशाली राष्ट्र बन्ने होडबाजीको कारण पछिल्ले समय चीन र अमेरिकाले कुटनीतिक ढंगले टक्कर गरिरहेका छन् । यही परिस्थितिमा नेपालमा एमसीसी र बिआरआई परियोजना भित्रिएको हो । एमसीसी अमेरिकी स्वार्थ अनुसार भित्रिएको हो, त्यस्त्रै (बिआरआईमा पनि चीनको आफ्नै लक्ष्य छ । 

यी दुवै परियोजना एकले अर्कालाई अस्वीकार गर्ने ढंगले अगाडि बढिरहेका छन् । नेपालको राजनीतिमा पछिल्लो समय यी दुई परियोजनाको प्रभाव र असर देखिएको छ । नेपालले  एमसीसी अगाडि बढाउन खोज्दा चीनले त्यसलाई रोक्न कुटनीतिक तवरले दबाब दिने गरेको र बिआरआई अगाडि बढाउन खोज्दा अमेरिकाले यसलाई रोक्न कुटनीतिक रुपमा अनेक उपाय अवलम्बन गर्ने गरेको तथ्य प्रष्टै देखिन थालेको छ । यहीपरिप्रक्ष्यमा अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण हुन लागेको हो ।  लुको यो पहिलो पटक नेपाल भ्रमण होइन । उहाँ  एमसीसी प्रकरणमा  यसअघि पनि विभिन्न पटक नेपाल आइसक्नु भएको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एशियाली मुलुकको भ्रमणमा आउँदै हुुनुहुन्छ ।  सहायक विदेशमन्त्री डोनाल्ड पहिला श्रीलङ्का र त्यहाँबाट भारत हुँदै नेपाल नेपाल आउने तयारी रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  विदेश मन्त्रालका अनुसार उहाँको दक्षिण एशिया भ्रमण नेपालबाट समापन हुनेछ । 

नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । 

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षण लगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै