+

रवि लामिछानेलाई बयानका लागि चितवन ल्याइयो

चितवन।  साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन प्रहरीले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का केन्द्रीय अध्यक्ष रवि लामिछानलाई आज मंगलबार चितवन ल्याएको छ ।

भरतपुर एयरपोर्टबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको लामिछानेमाथि अन्य सहकारी रकम दुरुपयोगका बारेमा अनुसन्धान भइरहेको कास्कीसहित रुपन्देही र काठमाडौंमा बयान लिने कार्य भइरहेको छ ।


लामिछानेलाई भरतपुर एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा उहाँका समर्थकहरुले सडक अवरुद्ध पारेर उहाँका पक्षमा नाराबाजी गरेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाउँदै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै