+

‘डिशहोम गो एप’बाट एनपीएलका सबै खेल प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र डिसहोमबीच भएको सम्झौता अनुसार आगामी शनिबारदेखि शुरु हुने एनपीएलका सबै खेलहरु डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी यूट्यूब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छन् । 

डिजिटल स्ट्रिमिङको सम्झौता अनुसार एनपीएल-२०२४ का सम्पुर्ण खेलहरु डिशहोम गो एपबाट नेपाल भित्र जुनसुकै स्थानवाट हेर्न सकिनेछ ।
 
डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार नेपालको क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न डिशहोम सधैँ तत्पर रहेको छ । 'एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गर्नु ठूलो उपलब्धि हो । क्यानसंग भएको यो सम्झौताले नेपालभरीका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने छ,' उहाँले भन्नुभयो । 

क्यानसँगको यो साझेदारीले  नेपालमा क्रिकेटको विकाशका लागि नयाँ युगको शुरुआत भएको डिसहोसमले बताएको छ । 

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौँ , लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।


एनपीएलको पहिलो सिजन यही मंसिर १५ देखि पौष ६ गतेसम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट