+

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ ।  नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो । 

ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहनुभएको जानकारी दिनुभयो । ‘उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ’ उहाँले भन्नुभयो– ‘एक महिनामा उहाँहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।’ 

फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ । 

उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । ‘उहाँको कलाले वरपर पाइने, वस्तु, जनावर, बोटबिरुवा, ढुङ्गा लगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ’ उहाँले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट