+

दुई छोरीलाई विष खुवाएको आशंका गरिएकी आमा पक्राउ

मोरङ । आफ्ना दुई छोरीहरुलाई विष खुवाएर हत्या अरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । शनिबार मोरङको सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ र ३ वर्षका छोरीहरु मृत अबस्थामा भेटिएका थिए । उनिहरुलाई विष खुवाएर हत्या अरेको आशंकामा आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्मितालाई प्रहरीले आज बिहान झापा विर्तामोडबाट पक्राउ गरेको थियो । 

घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको  मोरङ प्रहरीले जनाएको छ ।  

अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो ।  आमा भने भेटिएकी थिइनन् ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भई सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि २ जना छोरीलाई लिएर अस्मिता बेपत्ता भएकी थिइन् । प्रहरीले छोरीलाई विष खुवाएर  हत्या गरेको निष्कर्ष निकालेको छ । 

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भईनसकेको प्रहरीले जनाएको छ । दुवै बालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट