काठमाडौँ । साता कारोबारको दोस्रो दिन शेयरबजार उच्च अंकले कमी आएको छ ।
आइतबार ७९ दशमलव ८८ अंकले ओरालो लागेको नेप्से परिसूचक आज १ सय ११ दशमलव ९६ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६० को बिन्दुमा अडिएको छ ।
नेप्से परिसूचक ३ दशमलव ८६ प्रतिशतले घटेको हो । आज ३ सय ३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता शेयर, दुई लाख ३४ हजार ३ सय ६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ ।
जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ् ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार ४ सय ५० बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
- एनपीएल : आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा भिड्दै
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
- खानेपानी अभावले बस्ती रित्तिने जोखिम
- आजको मौसम : यी चार प्रदेशमा आंशिक बदली हुने
- वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर
- दुर्गा प्रसाईंविरुद्ध फेरि अर्को पक्राउ पुर्जी
- चीनसँग ऋण सम्झौता भएन, पोखरा विमानस्थलको कुरै उठेन : प्रधानमन्त्री
- लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दा दर्ता
- कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : मन्त्री पौडेल