कैलाली । यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक ६ लाख बचत गर्ने गरेको बताउनुभयो ।
‘२६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ । पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु’ चौधरीले भन्नुभयो । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उहाँले वर्षभरिमा सबै खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको जानकारी दिनुभयो ।
‘यस वर्षको वर्खा याम शुरु भएदेखि हालसम्म १ लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु’ चौधरीले भन्नुभयो– ‘अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ । भिन्डी प्रतिकिलो एक सय, बोडी दुई सय, करेला एक सय रुपैयाँमा बिक्री हुने गरेको छ ।’
सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताउनुभयो । ‘उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु’ उहाँले भन्नुभयो– ‘आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।’
पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिनुभएको छ । ‘दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ’ उहाँले भन्नुभयो– ‘अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।’
तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा ४ कोठाको पक्की घर बनाएको चौधरीले बताउनुभयो । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
त्यही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएको छ । रानाले ८ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताउनुभयो । तरकारी खेतीबाट वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
‘तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ’ उहाँले भन्नुभयो– ‘तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन् । नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु ।’ स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर