
बुटवल । लुम्बिनी प्रदेशसभामा संसदीय समिति निर्वाचन स्थगित भएको छ । प्रदेशसभाको विभिन्न विषयगत समितिको आउने मंगलबार गर्ने भनिएको निर्वाचन सभापतिको आकांक्षीबीच सहमति नजुट्दा स्थगित गरिएको हो ।
प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी गराएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले मंगलबार निर्वाचन गर्ने निर्णय गरेकोथियो । त्यसको लागि पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकिएको थियो । प्रदेशसभाले जारी गरेको सूचनामा सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको जनाइएको छ ।
प्रदेशसभामा रहेका विभिन्न दलभित्र समितिको नेतृत्वमा धेरै आकांक्षी देखिएका छन् । आकांक्षीहरुको अडानले दललाई भागबण्डा मिलाउन सकस भएकोले तत्कालको लागि निर्वाचन नै स्थगित गर्नुपरेको स्रोतले बताएको छ ।
प्रदेशसभाले गएको असार ३० गते ६ विषयगत समितिका सदस्य चयन गरेको थियो । तर सभापति चयन हुन सकिरहेको छैन । सभापति नहुँदा समिति कामविहीन भएका छन् । अहिलेसम्म ६ विषयगत समिति मध्ये ३ समितिको मात्र बैठक बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?