+

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले ३ करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।

‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’  कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भन्नुभयो । 

राउते खोला पुलले साविकको वडा नम्बर ७ राउते र साविकको वडा नम्बर ५ लेखर्कलाई जोडेको छ ।  पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट