+

जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाएका छन् ।  

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो । गाउँपालिकाबाट विनियोजन गरिएको  एक करोड रुपैयाँ बजेटबाट सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाको गौरवको योजनाको रुपमा रहेको त्यो सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । 

‘सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ’ वडाध्यक्ष थापाले भन्नुभयो । वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले १५ लाख रुपैयाँ विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । 

‘सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ’ उहाँले भन्नुभयो । चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्ने लगायतको काम भइरहेको छ । 

सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताउनुभयो । स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट