
काठमाडौँ । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा यस्तो जानकारी उल्लेख छ । हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५ सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् १ हजार ८ सय ६२ वटा शाखा छन् ।
बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् ४ खर्ब ४१ अर्ब रुपैयाँ बराबर कोशी प्रदेशमा छ । कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् ५ खर्ब ७२ अर्ब रुपैयाँ ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब रुपैयाँ बराबर कर्जा र ५० खर्ब ८४ अर्ब रुपैयाँ बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
यस प्रदेशमा २२ हजार १ सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब २ करोड ५२ लाख रुपैयाँ बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ८ हजार ९ सय २२ जनाले लिएका छन् ।
कूल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार ८ सय ११ हेक्टर रहेको छ ।
चालु आर्थिक वर्ष २०८० र८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १ हजार ३ सय ३६ अमेरिकी डलर बराबर छ ।
गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ । मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु
- विपिन जोशीको रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनःआग्रह
- परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
- ललितपुरमा पानीट्यांकीमा बालिकाको शव भेटियो
- पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त
- रवि लामिछानेको कैफियत झिकाउन सर्वोच्चको आदेश
- नयाँ वर्षसँगै पर्यटकीय चहलपहल, व्यवसायी उत्साही
- रवि लामिछानेले थुनामुक्त माग गरेको रिटमा सुनुवाइ सकियो
- जग्गा बैना गर्न बोलाएर पेप्सीकोला प्लानिङबाट ६० लाख लुटपाट
- वीरगञ्जमा निषेधाज्ञा अवधि बढाइयो