+

नेप्से फेरि ओरालो लाग्यो

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक आज ४ दशमलव ५९ अङ्कले ओरालो लागेर २  हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ । 

१ करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता शेयर, ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ मा कारोबार भएको छ । नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् । 

बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स ७ दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर ५ दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५२ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै