+

गर्भवती र कुरुवालाई निःशुल्क खाना

रुकुम । रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताउनुभयो । उहाँ मुसिकोट–११ का वडाध्यक्षसमेत हुनुहुन्छ । ‘गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो उहाँले भन्नुभयो ।
 
सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट