काठमाडौँ । स्वरसम्राट नारायण गोपालको घरलाई संग्रहालय बनाइने भएको छ । नारायण गोपाल संगीत कोषले स्वरसम्राटको महाराजगञ्जस्थित घरलाई संग्रहालयको रुपमा विकास गरिने जानकारी गराएको छ ।
कोषले स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसरमा त्यसबारे जानकारी गराएको हो । स्वरसम्राटको घर अहिले कोषकै स्वामित्वमा छ । । स्वरसम्राट नारायण गोपालले प्रयोग गर्नुभएका सामग्रीदेखि सांगीतिक उपकरणलाई जतन गरेर त्यहाँ संग्रहालय बनाउन लागिएको कोषका अध्यक्ष उषा शेरचनले जानकारी दिनुभएको छ । । ‘यहाँ निरन्तर गीत संगीत बजिरहोस् । अकेष्ट्राका ग्रुपहरु यहीँ तयार होस् भन्ने उहाँहरु दुबैजनाको चाहना थियो’ उहाँले भन्नुभयो– ‘कोष यसलाई संग्रहालयमार्फत जीवन्त राख्न चाहन्छ ।’
अध्यक्ष शेरचनका अनुसार स्वरसम्राटको घरलाई संग्रहालयको रुपमा विकास गर्न अहिले नारायण गोपालसँग सम्बन्धित सामग्रीको अभिलेखीकरण भइरहेको छ । १९९६ साल असोज १८ गते राजधानीको किलागलमा जन्मिनुभएका स्वरसम्राट नारायण गोपाल आफ्नो रचनात्मक समय त्यही घरमा बिताउनुभएको थियो ।
घरमै गीत गंगा संगीत प्रशिक्षण विद्यालय निर्माण गर्ने सपना नारायणगोपालको थियो । उहाँको सपना साकार पार्न केही वर्षसम्म त्यहाँ संगीत प्रशिक्षण पनि हुन्थ्यो । तर, अहिले कोषले जिम्मा लिएर त्यो घरलाई संग्रहालयको रुपमा विकास गर्न लागिएको हो र नारायणगोपालकै निधन भएको वर्षमा पत्नी पेमलाले २२ आनामा रहेको त्यो घर कोषलाई प्रदान गर्नुभएको हो ।
कोषका महासचिव दीपक केसीका अनुसार नारायणगोपालले प्रयोग गर्नुभएका अन्य सांगीतिक उपकरण र सामान पनि कोषले खोजिरहेको छ । भेटिएपछि संग्रहालयमै राखिने उहाँको भनाई छ ।
यससँगै कोषको पहल र काठमाडौं महानगरपालिकाको अर्थ सहयोगमा घर नजिक नारायणगोपाल संगीतमय गीतगंगा भवन पनि निर्माण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते