
रुकुम । रुकुमपश्चिमका २ हजार १ सय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका ६ मध्ये ५ स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो ।
जिल्लाका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा १ हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा १ सय ८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमी आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार चौरजहारी नगरपालिकामा ४ सय ९६ तथा सानीभेरीमा ३ सय २४ र बाँफीकोट गाउँपालिकामा १ सय ९६ लाई निस्सा वितरण गरिएको छ । मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
जिल्लाका सबै स्थानीय तहको लगत सङ्कलन भई डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुशील विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई ७ दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानविन भइरहेको छ ।
वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ । जिल्ल्लामा अब भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नापजाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताउनुभयो । भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह