
मुगु । मुगुमा अल्पकालीन आश्रयस्थल (सेफ हाउस) को आवश्यकता रहेको सरोकारवालाले बताएका छन् ।
सामाजिक विकास कार्यालय मुगुको आयोजनामा आइतबार आयोजित लैङ्गिक समानता तथा सामाजिक समावेशीता सन्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सदरमुकाम गमगढीमा सेफ हाउस निर्माणमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा सुरक्षित घर बनाउन सके पीडितको सुरक्षाको सुनिश्चिता हुनुका साथै कानुनी उपचारका लागि सहज हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले महिला हिंसा, घरेलु हिंसा र जबरर्जस्तीकरणी सम्बन्धिका पीडितलाई राख्न जिल्लामा सुरक्षित घर नहुँदा समस्या भएको बताउनुभयो । छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्या मल्लले सुरक्षित घर निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग बजेटको माग गर्नुभयो । घर निर्माणपछि सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।
सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले तीनै तहका सरकारको आगामी वर्षको बजेट तथा कार्यक्रममा जिल्लामा सुरक्षित घर निर्माण र सञ्चालनका लागि व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्कीको समेत उपस्थिति थियो । दुरदराजबाट दुई,तीन दिन हिँडेर कानुनी उपचार खोज्न सदरमुकाम गमगढी आउने पीडित जिल्लामा सुरक्षित घर नहुँदा झनै पीडित हुँने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह