
कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्नका लागि ‘भकारो तथा गोठ सुधार’ कार्यक्रम सञ्चालन गरेको छ । रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनो लगायतको उत्पादन वृद्धि गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
सुधारिएको गोठ निर्मासँगै रैथाने बालीमा गोबरको प्रयोग गर्नका लागि भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । हालसम्म ८३ वटा सुधारिएको गोठ निर्माण गरिसकिएको गाउँपालिकाका कृषि प्राविधिक नारायणप्रसाद लम्सालले जानकारी दिनुभयो । ‘अब १० गोठ निर्माणको चरणमा छन्’ उहाँले भन्नुभयो– ‘५० प्रतिशत अनुदानमा गाउँपालिकाले किसान समूह, कृषि सहकारी, कृषि फार्ममार्फत गोठ निर्माण गरिरहेको छ ।’
सुधारिएको गोठबाट मलमूत्र सङ्कलन गरी खेतबारीमा हाल्ने गरिएको लम्सालले बताउनुभयो । ‘स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली मकै, कोदो, फापर, चिनो, कागुनो लगायतको उत्पादन वृद्धि गर्नुका साथै ती बाली जोगाउने अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको छ’ उहाँले भन्नुभयो– ‘गाउँपालिकामा एक सय २५ समूह क्रियाशील छन् । ती समूहमार्फत वर्षेनी गोठ निर्माण गरिँदै आएको छ ।”
चालु आर्थिक वर्षमा यसका लागि गाउँपालिकाले ५ लाख र सङ्घीय सशर्त अनुदान २० लाख रुपैयाँ विनियोजन गरिएको प्राविधिक लम्सालले बताउनुभयो । ‘भकारो सुधार गरी कुहिएर मलमा भएको खाद्य तत्व सुरक्षित रुपमा बालीमा प्रयोग गरेमा रासायनिक तथा विषादीको प्रयोग निरुत्साहित गर्न यसले प्रभावकारी भूमिका खेल्नेछ’ उहाँले भन्नुभयो– ‘कार्यक्रमअन्तर्गत गाईभैँसी बाँधेको गोठदेखि कुलेसो बनाइ नजिकै खाडल निर्माण गरी मलमूत्र सङ्कलन गर्ने तथा मलखाद व्यवस्थापनको काम गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह