
पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’बाट पोखराका दुई सञ्चारकर्मी सम्मानित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आयोजित समारोहमा पत्रकार दीपेन्द्र श्रेष्ठलाई एक लाख एक हजार एक सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । प्रधानमन्त्रीले दिवङ्गत पौडेलका परिवारजनलाई एक लाख एक हजार एक सय ११ सहित सम्मानपत्र प्रदान गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्रीले पत्रकारद्वय श्रेष्ठ र पौडेलले पोखराबाट नेपाली पत्रकारिता र सामाजिक क्षेत्रमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ’ प्रधानमन्त्री ले भन्नुभयो, ‘आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।’
प्रधानमन्त्रीले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण गर्ने सरकारको नीति रहेको बताउनुभयो । वर्तमान विश्वमा सूचना प्रविधि निर्णायक शक्तिका रुपमा देखा परेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले मिडिया कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । राज्यको उपेक्षामा मिडिया क्षेत्र परेको उल्लेख गर्दै उहाँले आमसञ्चार प्रतिष्ठान गठन गर्न गरिएको पटक–पटकको माग सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष २०५२ सालमा स्थापना भएको जानकारी दिनुभयो । दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँका परिवारजनले अक्षयकोष स्थापना गर्नु भएको हो । विसं २०७९ मा सो सम्मान प्राप्त गर्ने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक हुनुहुन्छ ।
२०८० सालको सम्मान प्राप्त गर्नुहुने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । महासङ्घको केन्द्रीय सदस्य रहेको अवस्थामा पौडेलको गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह